मानवअधिकार आयोग तत्कालीन गृहसचिव दुवाडीको विषयमा मौन, सिडिओ रिजाललाई विभागीय कारबाही सिफारिस


काठमाडौं। जेनजी आन्दोलन दमनको घटनामा गौरीबहादुर कार्की आयोगमा परेका तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीको विषयमा राष्ट्रिय मानवअधिकार आयोग मौन रहेको पाइएको छ। सचिव दुवाडीको विषयमा मौन रहेको आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) छविलाल रिजाललाई भने विभागगीय कारबाहीको सिफारिस गरेको हो।

कार्की आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासँगै तत्कालीन गृहसचिव दुवाडीमाथि पनि फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो। राष्ट्रिय मानवअधिकार आयोग भने तत्कालीन गृहसचिव दुवाडीको विषयमा मौन रहेको हो।

कार्की आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेका काठमाडौंका तत्कालीन सिडिओ रिजाललाई समेत राष्ट्रिय मानवअधिकार आयोगले विभागीय कारबाहीका लागि मात्र सिफारिस गरेको छ। नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिन सिफारिस गरेको आयोगले गृहसचिव दुवाडीको विषयमा भने मौनता साधेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ