मन्त्रिपरिषद्बाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत
काठमाडौँ, १५ जेठ । सरकारले आर्थिक वर्ष २०८३÷८४ को वार्षिक बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई संघीय संसदमा पेश गर्न लाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण ९बजेट० पेस गर्ने कार्यक्रम रहेको छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ।


तपाईको प्रतिक्रिया दिनुहोस