स्वास्थ्य सेवाको रिक्त प्रमुख विशेषज्ञ पदका लागि बढुवा सिफारिस समितिको बैठक आज


काठमाडौं । स्वास्थ्य सेवाको रिक्त प्रमुख विशेषज्ञ (१२ तह) पदका लागि बढुवा सिफारिस समितिको बैठक आज बस्दैछ । विवाद नभएको अवस्थामा दिउँसो ३:४५ बजे बस्ने बैठकले एक पदका लागि दुई जनाको नाम टुंगो लगाउने छ ।

यश अगाडि बसेकाे बढुवा समिति बैठकले सुरुमै समाचार आएको भन्दै भाउ खाेजेर नाम सिफारिस गरेकाे थिएन । स्वास्थ्य लाइभले दुर्गा लक्ष्मी श्रेष्ठ र डा. सुधा शर्माको नाम सिफारिस हुने सम्भावना रहेको बताएको थियाे । यदि नियम अनुसार गरे अहिले पनि सिफारिस हुनेहरु यी नै हुन् । 

प्रमुख विशेषज्ञ पदमा बढुवा हुन १३ जनाले दरखास्त दिएका थिए । स्वास्थ्य सेवा नियमावलीअनुसार एक पदका लागि ५० प्रतिशत थप गरी दुई जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिने व्यवस्था छ ।

मन्त्रिपरिषद्ले सिफारिस भएका दुई जनामध्ये एक जनालाई प्रमुख विशेषज्ञ पदमा बढुवा गर्नेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ