वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ


काठमाडौं। वीरगञ्ज महानगरपालिकाको मेयर राजेशमान सिंह पक्राउ परेका छन्। ४ वटा फौजदारी मुद्दा मेयर सिंह पर्साको ठोरीबाट उनलाई पक्राउ परेका हुन्।

मेयर सिंहलाई पर्सा प्रहरी करिब साढे ६ बजे पक्राउ गरेको हो। नागरिक किर्तेलगायतमा मुद्दा दायर भएका मेयर सिंहविरुद्ध जिल्ला अदालत पर्साबाट पक्राउ पुर्जी भएपनि लामो समयदेखि उनी पक्राउ परेका थिएनन्। लिखत किर्तेमा २ र नागरिकता किर्तेमा २ गरी चार वटा मुद्दा लागेका मेयर सिंहलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ