“सेभ द हार्ट” द्वारा एकैपटक गोरखाका दुई स्थानमा नि:शुल्क मुटु परिक्षण स्वास्थ्य शिविर 


काठमाडौं। मुटु जोगाउँ, काठमाण्डौ, सम्भव नेपाल तथा रोटरी क्लब अफ गोरखाको सयुंक्त आयोजनामा जिल्ला अस्पताल गोरखा र श्री संसारी माध्यमिक बिद्यालय, सिरानचोक गाउँपालिका, गोरखामा गरि दुई दिने नि:शुल्क मुटु परिक्षण स्वास्थ्य शिविर भव्यताको साथमा सम्पन्न भएको छ। उक्त नि:शुल्क शिविरमा सिरानचोक गाउँपालिकामा जम्मा २५९ जनाले शिविरबाट सेवा लिएका थिए। सिरानचोक गाउँपालिकामा संचालन सो शिविरमा २०९ ई.सी.जी., १०४ ईकोकार्डियोग्राफी भएको थियो भने नि:शुल्क औषधी समेत बितरण गरिएको संस्थाका महासचिव शेरबहादुर रानाले जानकारी दिए।

त्यसैगरी गोरखा नगरपालिकाका बासिन्दा लगाएत छिमेकी अन्य गाउँपालिकाका ७६२ जनाले नि:शुल्क सेवा लिएको जानकारी मुटु जोगाउँ संस्थाका महासचिव शेर बहादुर रानाले बताए। उक्त शिविरमा ५४२ जनाको ई.सी.जी., २६९ जनाको ईकोकार्डियोग्राफी तथा करिब पांच लाख पचास हजार बराबरको नि:शुल्क औषधी समेत बितरण गरिएको महासचिव रानाको भनाइ छ।

उक्त शिविरमा त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका सीटिभीएस डिपार्टमेन्ट हेड बरिष्ठ मुटुरोग बिशेषज्ञ प्रा.डा.अनिल भट्टराई, उप-प्रा. डा. प्रभात खाकुरेल, उप-प्रा.डा.खेमराज भुषाल, डा. युना श्रेष्ठ, डा. कुण्डन राज पाण्डे, डा. सुरेश श्रेष्ठ, डा. ग्रीष ढकाल, डा. ज्योती प्रकाश शाह, मेडिकल अफिसर डा. संगम शाह, डा. श्रेया श्रेष्ठ तथा डा. शृजन गौतम, डा. चन्दन कुमार शाह, डा. लक्ष्मी चन्द्र न्यौपाने, डा. आश्था छन्त्याल, डा. सुमन थापा मगर र डा. भिम चौहानको उपस्थिति रहको थियो। प्रा.डा.अनिल भट्टराईले १६ जना जटिल मुटुरोगको समस्या देखिएको हुँदा मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको जानकारी दिए।

रोटरी क्लब अफ गोरखाका अध्यक्ष रामस्वरूप श्रेष्ठ राजु प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न सो शिविरमा नगरपालिकाका उपाध्यक्ष कृष्ण बहादुर राना मगरको प्रमूख आतिथ्यमा रहेको थियो। प्रमूख अतिथिले गोरखा नगरपालिकाका बासिन्दाहरुलाई लक्षित गरि यो शिविर आयोजना गरिएको भएता पनि अन्य मात्र नभई अन्य गाउँपालिकाको बासिन्दाहरुले समेत सेवा पाएकोमा यो शिविर अत्यन्त फलदायी रहेको बताए। रोटरी क्लब अफ गोरखाका अध्यक्षज्यूले शिविर भव्यताको साथ् सम्पन्न गर्न सहयोग गर्ने मुटु जोगाउँ संस्था, त्रि.वि.शिक्षण अस्पताल, नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टर, काठमाण्डौ, बाट पाल्नु हुने सम्पूर्ण टिम तथा औषधी उपलब्ध गराउने सम्पूर्ण औषधी कम्पनिहरुलाई समेत विशेष धन्यवादसहित मायाको चिनो प्रदान गरेका थिए। समापन कार्यक्रम स्वास्थ्य शिविर संयोजक किशोर जंग थापा र उप-संयोजक बिनोद बस्नेतले मन्तव्यको क्रममा सेभ द हार्टलाई बिशेष धन्यवाद दिदैं विगत १२ वर्षदेखि लगातार सेवा पुर्याउदै आएको अवगत गराए। यो क्रम निरन्तर रहने कुरामा विश्वस्त रहेको समेत धारणा व्यक्त गरेका थिए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ