यी हुन् अवकाशको मुखमा रहेका प्रमुख जिल्ला अधिकारी
काठमाडौं। आधा दर्जन बढी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू अवकाशको मुखमा देखिन्छ। निजामती सेवामा ५५ वर्षे उमेद हद ल्याएर कर्मचारी हटाउने चर्चाबीच गृहमा मात्र आधा दर्जन बढी जिल्लाका सिडिओ अवकाशको मुखमा रहेको पाइन्छ। ५८ वर्ष पूरा भएर अवकाशमा जाने सूचीमा आठ जिल्लाका सिडिओ रहेका छन्। सर्लाही, दोलखा, झापा, नवलपरासी, पाँचथर, कपिलवस्तु, बाग्लुङ र मकवानपुर सिडिओ अवकाशको मुखमा रहेका हुन्।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया १५ दिनभित्रै अनिवार्य अवकाशमा जाँदैछन्। उनी असार ३ गतेसम्म सरकारी सेवामा रहनेछन्। कडरिया ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्।
दोलखाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे पनि अवकाशको मुखमा रहेका छन्। ५८ वर्ष लागेर उनी ७ महिनाभित्रै अनिवार्य अवकाशमा जान लागेका हुन्। दोलखाका प्रमुख जिल्ला अधिकारी घिमिरे ५८ वर्ष लागेर मंसिर १४ गते अनिवार्य अवकाशमा जान लागेका छन्।
झापाका सिडिओ शिवराम गेलाल ८ महिनाभित्रै अनिवार्य अवकाशमा जाँदैछन्। सिडिओ गेलाल ५८ वर्ष पूरा भएर माघ १३ गते अनिवार्य अवकाशमा जाने भएका हुन्।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाल ९ महिनाभित्र अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष पूरा भएर उनी फागुन १० गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्।
पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल १० महिनाभित्रै अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन्। ५८ वर्ष पूरा भएर उनी चैत ९ गते अनिवार्य अवकाशका जाने सूचीमा परेका हुन्।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम र बाग्लुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य र मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, ११ महिनाभित्रै अनिवार्य अवकाशमा जाने सूचीमा छन्। सम्बत् फिरेपछि २०८४ साल बैशाखमा उनीहरू अवकाशमा जान लागेका हुन्।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम २०८४ साल बैशाख ६ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।
बाग्लुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य २०८४ बैशाख ७ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। चालू आर्थिक वर्षमै सहसचिवमा बढुवा भएका सिडिओ आचार्य ५८ वर्ष लागेर ५८ अनिवार्य अवकाशमा जान लागेका हुन्। मकवानपुरका सिडिओ बसन्त अधिकारी २०८४ बैशाख १५ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्। आधा दर्जन बढी जिल्लाका सिडिओ अवकाशको मुखमा देखिन्छन्।
क्याटेगोरी : समाचार
ट्याग : #कृष्णप्रसाद आचार्य, #जनार्दन गौतम, #दिपकराज नेपाल, #बसन्त अधिकारी, #बासुदेव दाहात, #रामुराज कडरिया, #शिवराम गेलाल, #हरिप्रसाद घिमिरे


तपाईको प्रतिक्रिया दिनुहोस