राजीनामा दिएपछि लेखा उपसचिव भुवन काफ्ले सेवामा फर्किन नपाउने
काठमाडौं। स्वास्थ्य उपकरण खरिदमा स्वास्थ्य सेवा विभागका तत्कालीन लेखा उपसचिव भुवन काफ्लेले सफाइ पाएका छन्। स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासहित काफ्लेले पनि विशेष अदालतबाट सफाइ पाएका छन्। तर, उनले भ्रष्टाचार मुद्दा लाग्नुअगावै राजीनामा दिएकाले सेवामा फर्किने नपाउने भएका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा. मिश्रा, काफ्लेसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। १४ करोड बढी बिगो मागदाबीसहित आयोगले हालेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले आंशिक ठहर गरेको हो। टिप्पणी आदेश पेस गर्ने तथा भुक्तानी गर्ने प्रक्रिया संलग्न रहेका मिश्रा, काफ्लेसहित ९ जना प्रतिवादीले सफाइ पाएका छन्। विशेष अदालतबाट सफाइ पाएपनि राजीनामा दिइसकेका कारण काफ्ले लेखा उपसचिवको हैसियतमा सरकारी सेवामा फर्किन पाउने छैनन्। ८ महिनापछि भएको फैसलामा ९ जनाले सफाइ पाएका हुन्।


तपाईको प्रतिक्रिया दिनुहोस