चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत


काठमाडौं। चिकित्सा शिक्षा आयोगले ‘छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरी लागू गर्ने निर्णय गरेको छ। बालेनको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो।

नयाँ कार्यविधिसँगै सार्वजनिक शिक्षण संस्थाहरूले सबै तहमा (विशेष गरी स्नातकोत्तर तहका डिएम र एमसिएच) कार्यक्रमसमेतमा निःशुल्क छात्रवृत्ति उपलब्ध गराएबापत आयोगबाट अनुदान प्राप्त गर्ने व्यवस्था सुनिश्चित भएको छ।

यस निर्णयले गुणस्तरीय चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न, छात्रवृत्ति प्रणालीलाई थप व्यवस्थित बनाउन तथा सार्वजनिक शिक्षण संस्थाहरूलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ