प्रशासनका ४५ सहसचिव एक वर्षभित्र ५८ वर्ष पूरा भएर घर जाने सूचीमा


काठमाडौं। नेपाल प्रशासन सेवाका करिब ४५ जना सहसचिव ४५ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाने सूचीमा छ। उक्त सूचीमा काठमा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईदेखि ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासम्म रहेका छन्।
सर्लाहीको सिडिओबाट गृह मन्त्रालयको अतिरिक्तमा तानिका सहसचिव रामुराज कडरिया असार ३ गते (आजैबाट) अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष पूरा भएर उनी अवकाशमा जान लागेका हुन्।
गण्डकी प्रदेशका लोक सेवा आयोगका सचिव (सहसचिव) ध्रुव गिरी यहीँ असार १२ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष लागेर अवकाशका जान लागेका हुन्। गिरीको जागिरको दिनगन्ती सुरू भइसकेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव हेमराज सुवेदी साउन ५ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका हुन्। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाई साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका छन्। उनी ५८ वर्ष पूरा भए डेढ महिनापछि अनिवार्य अवकाशमा जाँदैछन्। काठमाडौं महानगरपालिका गएको दुई वर्ष पुग्न लागेका सहसचिव गुरागाई उतैबाट घर जाने सम्भावना उच्च देखिन्छ।
रक्षा मन्त्रालयका सहसचिव मनोजकुमार आचार्य भदौ ६ गते अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष पूरा भएर दुई महिनापछि उनी अनिवार्य अवकाशमा जान लागेका हुन्। अर्थ मन्त्रालयमा रजगज गरेर एसियाली विकास बैंकमा डलर खान पुगेका सहसचिव श्रीकृष्ण नेपाल भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जाने सूचीमा छन्। सचिव बढुवामा मुखमा रहेका नेपाल ५८ वर्षे उमेर हदले सचिव नै नभइ घर जाने सम्भावना छ। उनी अहिले मासिक ३० लाख तलब खाइरहेका छन्।
बागमती प्रदेश लोक सेवा आयोगका सचिव तुलसीनाथ गौतम असोज १३ गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष लागेर घर जाने सूचीमा परेका हुन्।
सहसचिव ओमबहादुर खड्का असोज १४ गतेबाट अनिवार्य अवकाश जाँदैछन्। प्रदेशतिर लामो समय बसेका सहसचिव खड्का अवकाशको पर्खाइमा रहेका छन्। ५८ वर्ष लागेर ३ महिनाभित्रै अवकाशमा जाने सूचीमा सहसचिव खड्का रहेका छन्। मधेश प्रदेशका उद्योग सचिव (सहसचिव) जयकुमार घिमिरे असोज १४ गतेबाटै अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्। सहसचिव विनोद लामिछाने असोज १४ गतेदेखि अनिवार्य अवकाशमा जाने सूचीमा छन्। ५८ वर्ष लागेर अनिवार्य अवकाश  मा जान लागेका लामिछाने लुम्बिनी प्रदेशमा सचिवको भूमिकामा रहेका हुन्।
राष्ट्रपति कार्यालयका सहसचिव सन्तोषकुमार दाहाल असोज २२ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष पूरा भएर उनी अनिवार्य अवकाशमा जान लागेका हुन्। दाहाल चालू आर्थिक वर्षमै सहसचिवमा बढुवा भएका हुन्। सहसचिव लेखनाथ ज्ञवाली असोज २७ गते अवकाशमा जाने सूचीमा छन्। सहसचिवमा बढुवा भएको एक वर्ष नबित्दै उनी घर जान लागेका हुन्। वैदेशिक रोजगार बोर्डको सचिवालय हेरिरहेका सहसचिव चन्द्रबहादुर शिवाकोटी असोज २७ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष लागेर उनी अवकाशमा जान लागेका हुन्।
राष्ट्रिय योजना आयोगका सहसचिव हरिशरण पुडासैनी कार्तिक ६ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष लागेर घर जान लागेका हुन्। थारू आयोगका सचिव (सहसचिव) रुद्रप्रसाद लामिछाने कार्तिक १८ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष लागेर घर जाने सूचीमा परेका हुन्।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका सहसचिव सुशिल ढकाल मंसिर ११ गतेबाट घर जाँदैछन्। हाल स्वास्थ्य उपचारमा रहेका ढकाल ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाने सूचीमा परेका हुन्। दोलखाका प्रमुख जिल्ला अधिकारी (सहसचिव) हरिप्रसाद घिमिरे मंसिर १४ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। ५८ वर्ष पूरा भएर उनी मंसिर १४ गते घर जाने सूचीमा परेका हुन्।
लुम्बिनी प्रदेशको लोक सेवा आयोगका सचिव खिमबहादुर रायामाझी पुस ८ गते अनिवार्य अवकाशमा जान लागेका हुन्। उनी ५८ वर्ष पूरा भएर पुसको चिसोमा घर जाने सूचीमा छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डित पुस १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी पनि ५८ वर्ष लागेर घर जाने सूचीमा छन्।
ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला माघ २ गतेबाट अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव प्रदीपकुमार कोइराला माघ ५ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष लागेर अवकाशमा जाने सूचीमा परेको हुन्।
झापाका प्रमुख जिल्ला अधिकारी (सहसचिव) शिवराम गेलाल माघ १२ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष लागेर घर जाने सूचीमा रहेका छन्।
नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी ( सहसचिव
दिपकराज नेपाल फागुन १० गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जाने सूचीमा परेका हुन्। सोही दिन नेपाल ट्रष्टको कार्यालयका सहसचिव राजेन्द्रदेव पाण्डे पनि ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जानेछन्।
अर्थ मन्त्रालय अन्तर्गतको ठूला करदाता कार्यालय प्रमुख (सहसचिव) केदारनाथ शर्मा फागुन १३ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्।
लोक सेवा आयोगका सहसचिव तेजप्रसाद दाहाल चैत ७ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्। पाँचथरका सिडिओ बासुदेव दाहाल चैत ९ गतेबाट अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जाने सूचीमा छन्। घोराही उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा भएका सहसचिव चन्द्रप्रसाद भुसाल चैत ३० गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सहसचिव) जनार्दन गौतम २०८४ वैशाख ६ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। ५८ वर्ष पूरा हुन लागेका उनको जागिर १० महिना बाँकी छ। बागलुङका प्रमुख जिल्ला अधिकारी (सहसचिव) कृष्णप्रसाद आचार्य २०८४ वैशाख ७ गतेसम्म जागिर छ। उनी एक वर्षभित्रै ५८ वर्ष पूरा भएर घर जाने सूचीमा छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रका कार्यकारी अधिकृत (सहसचिव) वेदप्रसाद खरेलको २०८४ बैशाख ७ गतेसम्म जागिर छ। उनी ५८ वर्ष पूरा भएर एक वर्षभित्रै अनिवार्य अवकाशमा जाने सूचीमा छन्।
श्रम मन्त्रालयका सहसचिव बाबुराम भण्डारीको २०८४ बैशाख ९ गतेसम्म जागिर बाँकी देखिन्छ। ५८ वर्ष पूरा भएर उनी वैशाख ९ गते अवकाशमा जाने सूचीमा छन्।
राष्ट्रिय सूचना आयोगका सचिव (सहसचिव) रमेश न्यौपाने २०८४ बैशाख १२ गते अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जान लागेका हुन्।
राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा काजमा खटिएका सहसचिव रामहरि ज्ञवाली २०८४ बैशाख १४ गते ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जाँदैछन्। सोही दिन सहसचिव शिवप्रसाद चौधरी पनि अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन्। चौधरी पनि ५८ वर्ष पूरा भएर घर जान लागेका हुन्।
मकवानपुरको प्रमुख जिल्ला अधिकारी (सहसचिव) वसन्त अधिकारी २०८४  वैशाख १५ गते अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जाने सूचीमा परेका हुन्।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन सचिव कृष्णबहादुर शाही २०८४ वैशाख २० गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष भएर घर जाने सूचीमा छन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सहसचिव) मदन कोइराला २०८४ वैशाख २८ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जाने भएका हुन्।
अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागका उपमहानिर्देशक (सहसचिव) पदमकुमार श्रेष्ठ २०८४ जेठ १४ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जाने सूचीमा छन्।
रक्षा मन्त्रालयका सहसचिव ज्ञानेन्द्र पौडेल २०८४ असार १ गते अनिवार्य अवकाशका जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर एक वर्षभित्रै घर जाने सूचीमा परेका हुन्।
राष्ट्रिय समावेशी आयोगका सचिव (सहसचिव) विनोदबहादुर कुँवर २०८४ असार ४ गते अनिवार्य अवकाशका जाँदैछन्। ५८ वर्ष पूरा भएर वर्षदिनभित्रै अवकाशमा जाने सूचीमा कुँवर रहेका हुन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामप्रसाद आचार्य २०८४ असार ६ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। ५८ वर्ष पूरा भएर एक वर्षभित्र अवकाशमा जाने सूचीमा आचार्य परेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव
गोलापप्रसाद अर्याल २०८४ असार ९ गते अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५८ वर्ष पूरा भएर अवकाशमा जाने सूचीमा परेका हुन्। २०८४ असार ११ अख्तियारका सहसचिव राजेन्द्रकुमार केसी ५८ वर्व पूरा भएर अवकाशमा जाने सूचीमा छन्। यसरी हेर्दा नेपाल प्रशासन सेवाका मात्र  करिब ४ दर्जन सहसचिव अवकाशमा जाने सूचीमा परेको देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ