राहदानी खरिदमा १० अर्ब बढीको भ्रष्टाचार मुद्दा, यी हुन् प्रतिवादीहरू


काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी खरिदमा १० अर्ब बढी भ्रष्टाचार भएको आरोप लगाएको छ। अख्तियारले राहदानी खरिद घोटालामा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। परराष्ट्र मन्त्रालयसँग जोडिएको यो ठूलो भ्रष्टाचार मुद्दा हो।

अख्तियारले राहदानी खरिदमा राहादानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उक्त भ्रष्टाचार मुद्दामा विभागका सूचना प्रविधि निर्देशक (उपसचिव) सुनिलकुमार केसी, विभाग कै अर्का उपसचिव शत्रुधनप्रसाद शर्मा पोखरेल (हाल पोर्चुगल), परराष्ट्र मन्त्रालयका लेखा उपसचिव (हाल नयाँदिल्लीस्थित भारतीय राजदूतावासमा कार्यरत) भेषप्रसाद भुर्तेल, मन्त्रालयका तत्कालीन कानुन उपसचिव पुष्कर नेपाल (हाल न्यूयोर्क), उपसचिव रविन्द्रराज भण्डारी (हाल नयाँदिल्ली), उपसचिव सोमेश थापा उपसचिव राहादानी विभाग (तत्कालीन अधिकृत), कानुन उपसचिव राजाराम गौतम (परराष्ट्र मन्त्रालय) प्रतिवादी रहेका छन्।
राहदानी विभागका लेखा अधिकृत तुलसीप्रसाद आचार्य र आईटी अधिकृत विपिन प्रसाईं पनि उक्त मुद्दाका प्रतिवादी हुन्।

अख्तियारले जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा (सुनिलबहादुर थापाका छोरा) र जर्मन कम्पनी म्यूलबैरका नेपाल प्रतिनिधि मनिन्द्रराज मल्ललाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले तत्कालीन परराष्ट्रमन्त्रीद्वय नारायणकाजी श्रेष्ठ र आरजु राणा देउवा तथा सचिवहरू सेवा लम्साललाई अनुसन्धानको दायरामा ताने पनि भ्रष्टाचार मुद्दा चलाएको पाइँदैन।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ