यी हुन् ई-पासपोर्ट प्रकरणमा थप प्रमाण प्राप्त भए भ्रष्टाचार मुद्दा लाग्न सक्ने कर्मचारीहरू
काठमाडौं। ई-पासपोर्ट प्रकरणमा थप प्रमाण प्राप्त भए भ्रष्टाचार मुद्दा जान सक्ने कर्मचारी डेढ दर्जन रहेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रमाण अभाव रहेको भन्दै सूचना प्रविधि विभागका महानिर्देशक सुभाष ढकालसहित डेढ दर्जन कर्मचारीलाई भ्रष्टाचार मुद्दामा उन्मुक्ति दिएको हो। ई- पासपोर्ट भ्रष्टाचार प्रकरणमा थप प्रमाण प्राप्त भए उनीहरू विरुद्ध भ्रष्टाचार मुद्दा लाग्ने अख्तियार विशेष अदालतमा दायर गरेको अभियोगमा उल्लेख गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि सल्लाहकार अस्गर अलीका ‘गुरू’ ढकाल भ्रष्टाचार मुद्दा लाग्नबाट बालबाल बचेको पाइन्छ।
ढकालसहित विश्वराज न्यौपाने, कृष्ण प्रसाद चापागाई, मोति बहादुर श्रीस, प्रविन चौहान, प्रतिमा भुषाल, मनिष राज सापकोटा, अमृता श्रेष्ठ, नविन चौलागाई, देव नारायण चौधरी, डम्बर दत्त भट्ट, उत्तम घिमिरे, सन्तोष सुवेदी, शिव बानिया, राम वहादुर बस्नेत, किरण कुमार गुरुङ्ग, विदुर खतिवडालाई पनि प्रमाण अभावका कारण अख्तियारले उनमुक्ति दिएको हो। उनीहरू कसुरजन्य कार्यमा संलग्न रही भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि हुने हालसम्मको अनुसन्धानबाट प्रमाणको अभाव रहेको देखिएको हुँदा पछि थप प्रमाण प्राप्त भएमा भ्रष्टाचार मुद्दा लाग्ने अख्तियारले जनाएको छ। उक्त प्रकरणमा उनीहरूको हकमा थप प्रमाण भेटिए जुनसुकै बेला भ्रष्टाचार मुद्दा लाग्ने अख्तियारको निष्कर्ष छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस