‘पेन्सन जोगाउन’ अवकाशको मुखमा रहेका वनका दुई सहसचिवले दिए राजीनामा


काठमाडौं। ‘पेन्सन जोगाउन’ अवकाशको मुखमा रहेका वनका दुई सहसचिवले राजीनामा दिएको पाइएको छ। ३० वर्ष सेवा अवधि कटेका र अवकाशको मुखमा रहेका वनतिरका सहसचिव राजु सापकोटा र उद्धवबहादुर घिमिरेले राजीनामा दिएको पाइएको हो।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका वन तथा जलाधार महाशाखा प्रमुख सहसचिव राजु सापकोटा ५८ वर्ष पुरा भएर असार २३ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। चालू आर्थिक वर्षमा सहसचिवमा बढुवा भएका सापकोटा असारभित्रै घर जाने सूचीमा थिए। सेवा अवधि ३० वर्ष बढी भइसकेका सापकोटाको घर जाने दिनगन्ती सुरू भइसकेको देखिन्छ। ३० वर्षभन्दा बढीको ‘पेन्सन जोगाउन’ भन्दै उनले दुई हप्ता अघि नै राजीनामा दिएका छन्। उनले आफ्नो व्यक्तिगत लाभ हेरेर राजीनामा दिएको देखिन्छ। राजीनामा चर्चा भने बढी नै भएको हो। दुई हप्ता पछाडि खुसुक्क घर जान छाडेर राजीनामा दिएर उनी चर्चामा आएका हुन्।

त्यस्तै साउनको १७ गते अर्थात् एक महिनापछि अनिवार्य अवकाशमा जाने सूचीमा रहेका वन कै सहसचिव उद्धवबहादुर घिमिरे पनि राजीनामा दिएर चर्चामा आएका छन्। वन तथा भू-संरक्षण विभागका उपमहानिर्देशक घिमिरे एक महिना जागिर बाँकी रहेपछि राजीनामा दिएर हिँडेका हुन्। ३० वर्ष बढी जागिर खाएका घिमिरे ‘पेन्सन जोगाउने’ लोभमा बढेको तलब पनि नखाइ राजीनामा दिएर हिँडेका छन्।

वन तथा भू-संरक्षण विभागमा घिमिरे जस्ता ४ जना उपमहानिर्देशक रहेका छन्। मुलुक संघीयतामा गोइसकेको र जिल्ला वन कार्यालय प्रदेश सरकार मातहतमा पुग्दा पनि वन विभागमा चारचार जना उपमहानिर्देशकको दरबन्दी राखेको पाइन्छ। उक्त दरबन्दी आधाभन्दा बढी कटौती गर्नुपर्ने देखिन्छ। यस्ता अनावश्यक दरबन्दी कटौतीमा सरकारले ध्यान दिन जरूरी छ।

क्याटेगोरी : समाचार
ट्याग : #उद्धवबहादुर घिमिरे सहसचिव, #राजु सापकोटा सहसचिव, #वनका सहसचिव राजीनामा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ