स्वास्थ्य पत्रकार सरोज ढुङ्गेल रोटरी जोर्नो अवार्ड–२०२६ बाट सम्मानित


काठमाडौं । गोरखापत्र दैनिकका स्वास्थ्य पत्रकार सरोज ढुङ्गेल ‘रोटरी जोर्नो अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्।
स्वास्थ्य पत्रकारितामार्फत जनस्वास्थ्यका मुद्दा उजागर गर्दै नागरिकलाई सुसूचित बनाउन तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) ले शुक्रबार काठमाडौंमा आयोजित विशेष समारोहमा ढुङ्गेललाई ‘रोग रोकथाम तथा उपचार’ विधामा उत्कृष्ट पत्रकार घोषणा गर्दै नगद ५१ हजार रुपैयाँ, सम्मानपत्र र अवार्ड प्रदान गरेको हो।

उनीलाई रोटरी इन्टरनेसनलका निर्देशक वासुदेव गोल्यान तथा डिस्ट्रिक्ट गर्भनर बिनोद कोइरालाले संयुक्त रूपमा सम्मान गरेका थिए।

ढुङ्गेलले लामो समयदेखि स्वास्थ्य क्षेत्रसँग सम्बन्धित जनचासोका विषयमा निरन्तर कलम चलाउँदै आएका छन्। उनका समाचारले रोगको रोकथाम, उपचार सेवा, औषधि व्यवस्थापन, जनस्वास्थ्य, सरकारी स्वास्थ्य नीति, स्वास्थ्य सेवा प्रवाह तथा नागरिकको स्वास्थ्य अधिकारसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउँदै आएका छन्।

ढुङ्गेलका समाचारले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र चुनौती उजागर गर्नुका साथै सम्बन्धित निकायलाई जिम्मेवार बनाउन, नागरिकलाई तथ्यपरक स्वास्थ्य सूचना उपलब्ध गराउन तथा स्वास्थ्य क्षेत्र सुधारका लागि सार्वजनिक बहस सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको रोटरीले जनाएको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ