अख्तियारको हिरासतमा पर्नबाट जोगिएका लेखा उपसचिव भुर्तेलको फेसबुकमा प्रष्टीकरण
काठमाडौं। ई-पासपोर्ट खरिद घोटालामा भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका लेखा उपसचिव भेषप्रसाद भुर्तेलले फेसबुकबाट प्रष्टीकरण दिन थालेका छन्। भारतको नयाँदिल्लीमा भएका कारण अख्तियार दुरूपयोग अनुसन्धान आयोगको हिरासतमा पुग्नबाट जोगिएका भर्तेलले फेसबुकबाट आफ्नो बचाउ गर्न थालेका हुन्।
ई-पासपोर्ट खरिद घोटालामा भ्रष्टाचार मुद्दा लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, विभागका उपसचिव सोमेश थापा, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, परराष्ट्र मन्त्रालयका कानुन उपसचिव राजाराम दाहाललगायत अहिले अख्तियारको हिरासतमा रहेका छन्। उनीहरूले मोबाइल फोन समेत प्रयोग गर्न पाएका छैनन्। तर, नेपालमा नरहेका कारण अख्तियारको हिरासतमा पर्नबाट जोगिएका लेखा उपसचिव भुर्तेल फेसबुकको स्टाटसमा झुल्किएका हुन्। उनी नेपालमै रहेको भए अहिले अर्यालसँगै अख्तियारको हिरासतमा हुने थिए। देश बाहिर भएकाले हिरासतमा नपरी आफ्नो बचाउमा उत्रिन पाएका छन्।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस