यी हुन् पशुपति क्षेत्र विकास कोषमा नियुक्ति खाने पदाधिकारी


काठमाडौं। सरकारले पशुपति क्षेत्र विकास कोषमा पदाधिकारीहरु नियुक्त गरेको छ। कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले कोषका पदाधिकारीहरू मनोनित गरेका हुन्।

मन्त्री निकट स्रोतका अनुसार कोषको सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठलाई मनोनित गरिएकाे छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष समेत रहेका साहित्यकार श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा मनोनित भएका छन्। उनी पशुपतिसँग भने त्यति परिचित व्यक्ति होइनन्।

कोषको कोषाध्यक्षमा गंगासागर बानियाँ मनोनित भएको स्रोतको दाबी छ। त्यस्तै कोषको सदस्यहरूमा रूपा शाही बाँस्तोला, राम सोभित नायक, केदारमान भण्डारी, संगिताकुमारी रामलगायत मनोनित भएका छन्। उनीहरूले अहिलेसम्म नियुक्तिपत्र भने बुझेका छैनन्।

मन्त्री पौडेलले लुम्बिनी विकास कोष, पाटन दरवार, बौद्धनाथ, पञ्चाङ्ग निर्णायक समितिलगायत थुप्रै निकायका पदाधिकारी मनोनित गरेका छन्। मन्त्रिस्तरीय निर्णयबाट भएका नियुक्तिहरू मन्त्रालयले सार्वजनिक गरेको छैन।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ