काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा ३ जनाको नाम सिफारिस
काठमाडौं। काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तका लागि ३ जनाको नाम सिफारिस भएको छ। विकास आयुक्तमा नियुक्तिका लागि डा. उमेशजंग थापा, प्रकृति केसी र सुरज शाक्यको नाम सिफारिस भएको हो।
छनौट समितिले पूर्वाधार विकास मन्त्रालयसमक्ष वर्णानुक्रमअनुसार उमेश, प्रकृति र सुरजको नाम विकास आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ। उनीहरूमध्ये एक जना विकास आयुक्तमा नियुक्ति हुनेछन्।
विकास आयुक्त जानुका ढकालको अवकाशपछि प्राधिकरणका उक्त पद रिक्त रहेको थियो। विकास आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका उमेश जंग थापा काठमाडौं विश्वविद्यालयमा एसिस्टेन्ट प्रोफेसरका रूपमा कार्यरत छन्। प्रकृति केसी काठमाडौं उपत्यका विकास प्राधिकरणमै कार्यरत इन्जिनियर हुन्।
सुरज शाक्य काठमाडौं महानगरपालिकाको वरिष्ठ इन्जिनियर हुन्। सहरी व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग जस्ता महत्त्वपूर्ण विभागको नेतृत्त्व गरेका सफल र अनुभवी प्राविधिक हुन्।
उमेश, प्रकृति र सुरजमध्ये एकजना काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त हुनेछन्। अनुभव र व्यवस्थापनका हिसाबले सुरज अगाडि देखिन्छन्।

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस