बीपी कोइराला मोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. सिंह
काठमाडौं। चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त भएका छन्। सरकारले वरिष्ठ चिकित्सक सिंहलाई बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त गरेको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताबाट पद तथा गोपनीयताको शपथ लिएका सिंहले उक्त अस्पतालको कमाण्ड सम्हाल्न जिम्मेवारी पाएका छन्। उनी कहलिएका चिकित्सक हुन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लामो समय काम गरेका सिंह खुला प्रतिस्पर्धाबाट बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा नियुक्त भएका हुन्। उक्त अस्पतालको अध्यक्षमा डा. सिंहसहित डा.अजयकुमार झा र डा.विजयचन्द्र आचार्यको नाम सिफारिस भएको थियो। झा र आचार्यलाई पछि पार्दै डा. सिंहले अध्यक्षमा बाजी मारेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस