पञ्चायती व्यवस्थामा जागिर खाएका सचिवहरू


काठमाडौं। मुलुकमा ‘जेन-जी’ आन्दोलनपछि बालेन्द्र शाह (बालेन)को नेतृत्वमा सरकार गठन भएको छ। उक्त सरकारले १०० दिन (हनिमुन पिरियड) पूरा गर्न लागेको हो। सरकारले निजामती सेवामा ‘फ्रेस ब्लेड’ ल्याउने चर्चा चलिरहेको छ।

बालेन सरकारले १०० पूरा गर्दैगर्दा निजामती सेवामा ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पूरा भएका कर्मचारीलाई सेवाबाट बिदा गर्नुपर्ने बहस चर्किदो छ। सेवा प्रवाह, प्रविधिमैत्री, पुस्तान्तरणलगायतका हिसाबले पनि ३०-५५ को बहसले चर्को रूप लिएको हो। यसमा सरकार भने स्पष्ट देखिन्छ।

३०-५५ को बहस चलिहँदा पञ्चायती व्यवस्थामा जागिर खाएका सचिवहरू पनि फेला परेका छन्। स्वास्थ्य लाइभले खोजी गर्दा पञ्चायतकालमा जागिर खाका ३ जना सचिव फेला परेका छन्। राष्ट्रपति कार्यालयमा कार्यरत सचिव महादेव पन्थ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा थन्क्याइएका सचिव हरिप्रसाद मैनालीले पञ्चायतकालमै जागिर खाएको पाइन्छ। पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था, गणतन्त्र हुँदै ‘जेन-जी’ पुस्ताको योगदानले आएको सरकार पनि उनीहरूले भोगेका छन्।

राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थले २०४४ सालदेखि नै जागिर सुरू गरेको देखिन्छ। पन्थले निजामती सेवामा जागिर खाएकै ३९ वर्ष पूरा हुन लागेको छ। उनले ३ वटै व्यवस्थाका सरकारसँग काम गर्ने मौका पाएका सचिव पन्थ २०२५ साल माघमा जन्मिएका हुन्।

रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले पनि पञ्चायती व्यवस्थामै सरकारी जागिर सुरू गरेका हुन्। २०४५ सालदेखि नै जागिर खाएका शर्मा २०२६ साल असारमा जन्मिएका हुन्। उनको सेवा अवधि ३८ वर्ष पूरा भइसकेको पाइन्छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव हरिप्रसाद मैनालीले पनि पञ्चायती व्यवस्थाको अन्त्यतिर २०४६ सालमै सरकारी जागिर सुरू गरेका हुन्। सेवा अवधि जोडेर पेन्सन बढाउने खेलमा सफल भएका मैनाली पुसमा ५८ वर्ष पूरा हुन्छन्। ३७ वर्षदेखि सरकारी सेवामा रहेका सचिव मैनाली २०२५ साल पुसमा जन्मिएका हुन्। यी तिनै जना सचिव अब आगामी आर्थिक वर्षभित्रै अवकाशमा जाने सूचीमा छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ