यी हुन् पर्यटन मन्त्रालय अन्तर्गतका निकायमा मनोनित पदाधिकारी

२५ जना पदाधिकारी मनोनित हुँदा १० जना महिला


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका ५ निकायमा २५ पदाधिकारी मनोनित भएका छन्। पशुपति क्षेत्र विकास कोष, नेपाल पञ्चाङ्ग निर्णायक समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन दरबार संग्रहालय विकास समिति र हनुमानढोका दरबार संग्रहालय विकास समितिमा मनोनित भएका हुन्। २५ जना पदाधिकारी मनोनित हुँदा १० जना महिलाले अवसर पाएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालय अन्तर्गतका विभिन्न ५ निकायमा मनोनित गरेका हुन्। मनोनित भएका पदाधिकारीलाई सोमबार कागजातसहित मनोनयन पत्र बुझ्न मन्त्रालयमा उपस्थित हुन सूचना जारी गरिएको छ।

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठ मनोनित भएका छन्। पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षमा मिनाकुमारी श्रेष्ठ मनोनित भएकी हुन्। सदस्यहरूमा केदारमान भण्डारी, गंगासागर बानियाँ, संगीताकुमारी राम,  रूपा शाही बाँस्तोला र राम शोभित नायक मनोनित भएका छन्।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्ष पुरूषोत्तम भट्टराई मनोनित भएका छन्। सदस्यमा सिद्धिलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुंगेल, नेत्रप्रसाद अधिकारी मनोनित भएका हुन्।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्षमा सम्पूर्णकुमार लामा मनोनित भएका छन्। समितिको सदस्यमा विशाल लामा,  निर्भिका थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेल मनोनित भएका हुन्।

पाटन दरबार संग्रहालय विकास समितिको सदस्यमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जन मनोनित भएका छन्।त्यस्तै हनुमानढोका दरबार संग्रहालय विकास समितिको सदस्यमा सरस्वती रश्मी शाक्य, मिरा महर्जन र वीरेन्द्रबहादुर मल्ल मनोनित भएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ