निजामती विधेयकमै नभएको ३० वर्ष सेवा र ५१ उमेर नभएका कर्मचारीलाई जोगाउने हल्ला कसले चलायो?


समाचार टिप्पणी

काठमाडौं। प्रस्तावित संघीय निजामती सेवा विधेयकमा नभएको ३० वर्ष सेवा र ५१ वर्ष उमेर हद पूरा नभएका कर्मचारीलाई जोगाउने हल्लाले ‘मार्केट’ पिटिरहेको छ। ३० वर्षे सेवा अवधि र ५५ वर्ष उमेर हदका कारण अवकाशमा दिने प्रस्तावका लागि अर्थ मन्त्रालयबाट सहमति लिएपछि ३० र ५१ को हल्ला चलाइएको हो।

विधेयकमा एकपटकका लागि ३० वर्षे सेवा अवधि वा ५५ वर्ष उमेर पूरा भएका कर्मचारीलाई अवकाश दिने प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव कानुन, सामान्य हुँदै अर्थ पुगेर सहमति लिएर फेरि त्यहिँ बाटो हुँदै कानुनमै पुगेको पाइन्छ। प्रस्ताव र सहमति नै प्राप्त नभएको ३० र ५१ को हल्ला चलाएर उक्त प्रस्ताव समेत गिजोल्न खोजिएको सिंहदरबारभित्र चर्चा चल्न थालेको हो।

एकपटकलाई ३० वा ५५ ल्याएर एउटा तहका कर्मचारीलाई बिदाइ गर्ने तयारी गरिएरहँदा ३० र ५१ को फण्डा निकालेर विधेयक नै ‘खोल्सा’मा हाल्न खोजिएको आरोप लाग्न थालेको छ। उक्त कुराले तरंग निम्तिएको हो।

कानुन मन्त्रालयका केही सहसचिव, राष्ट्रिय योजना आयोगका एक सहसचिवसहित आधा दर्जन सहसचिव र कर्मचारीलाई जोगाउनका लागि उक्त फण्डा निकालिएको चर्चा छ। सीमित व्यक्तिहरूको स्वार्थका लागि यस्तो कुरा बाहिर ल्याएर विधेयक गिजोल्न खोजेको कतिपयको टिप्पणी सुनिन्छ। उक्त फण्डामा अघिल्लोपटक विधेयक तुहाउने अनुभवी ‘कुलिङ ग्याङ’ लागेको आशंका गरिएको छ। पछिल्लो समय ‘कुलिङ ग्याङ’को सक्रियता निकै बढेको बताइन्छ। उक्त ‘ग्याङ’को चलखेल रोक्न अध्यादेशबाटै भएपनि तत्काल निजामती कानुन ल्याउनु पर्ने आवाज उठ्न थालेको हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ