नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल


काठमाडौं। नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेललाई नियुक्ति भएका छन्। नवनियुक्त अध्यक्ष डा. पौडेलले बुधबार स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ समेत खाएका हुन्।

वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ पौडेल उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पतालमा काम गरिसकेका चिकित्सक हुन्। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्साको गोल्ड मेडल लिष्ट पौडेलले भरतपुर अस्पताल विकास समितिको अध्यक्ष भएर समेत काम गरिसकेका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ