बंगलादेशले बन्द गर्याे भारतसँगको सीमा, नेपालले कहिले गर्ने ?


काठमाडौँ । भारतमा कोरोनाभाइरसका संक्रमण बढेको बढ्यै भएपछि छिमेकी बंगालदेशले भारतसँगको सीमा सिल गरेको छ।

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार प्रधानमन्त्री कार्यालयको निर्देशनमा सोमबारदेखि १४ दिनका लागि भारतबाट बंगलादेशमा प्रवेश बन्द गरिएको हो। नाका सिल भए पनि सामानहरूको ढुवानी भने जारी रहनेछ।

बंगलादेशले यसअघि अप्रिल १४ बाट भारतसँगको हवाई सम्पर्क बन्द गरेको थियो। पछिल्लो समय भारत कोरोनाको हटस्पट बनेको छ। सोमबार भारतभरि ३ लाख १९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने २ हजार ७ सयले ज्यान गुमाएका थिए।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, मेडिकल शिक्षा
ट्याग : #बंगलादेश

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com