गण्डकीमा जनमोर्चाका सांसद हराएपछि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अलपत्र


कास्की : गण्डकीमा जनमोर्चाका एक सांसद सम्पर्कविहीन भएपछि प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि मतदान गर्न आज बोलाइएको प्रदेश सभा बैठक जनमोर्चाका एक सांसद बेपत्ता भएपछि स्थगित भएको हो ।

अविश्वासको प्रस्तावका पक्षमा रहेका जनमोर्चाका तीन सांसदमध्ये एक खिमविक्रम शाही दिउँसोदेखि एकाएक गायव भएपछि प्रदेशसभामा हंगाामा भएको थियो ।

जनमोर्चा संसदीय दलकी प्रमुख सचेतक पियारी थापाले आफ्नो पार्टीका सांसद हराएको भन्दै बैठक स्थगन गर्न पत्र दिएकी थिइन् ।

थापाको पत्र पाएपछि सभामुख नेत्रप्रसाद अधिकारीे बैठक अनिश्चितकालका लागि स्थगन गरे ।

जनमोर्चाका अर्का सांसद कृष्ण थापा भने मुख्यमन्त्री गुरुङको पक्षमा देखिएका छन् ।

मुख्यमन्त्रीकै योजनामा जनमोर्चा सांसद शाही बेपत्ता बनेको अन्य दलहरुको आरोप छ ।

गण्डकीमा नयाँ सरकार गठनका लागि जनमोर्चा निर्णायक शक्तिका रुपमा छ ।

तर जनमोर्चाकै तीन सांसद तीनतिर भएपछि नयाँ सरकार गठनबारे संशय उत्पन्न भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #खिमविक्रम शाही

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com