धमाधम बन्दै नाकामा स्वास्थ्य सहायता कक्ष


काठमाडौं । सरकारले भारतसँग सिमा जोडिएका बिभिन्न नाकामा स्वास्थ्य सहायता कक्षको निमार्ण थालेको छ । स्वास्थ्य मन्त्रालयले ९ वटा स्वास्थ्य सहायता कक्ष निमार्णका लागि ५० लाखका दरले रकम अघिल्लो वर्ष पठाएको थियो ।

तर, स्थानीय तहलाई दिएको रकमको खर्च स्वास्थ्य मन्त्रालयसँग छैन । अधिकारीहरुले बताए अनुसार बाँकेको जमुनाह नाकामा स्वास्थ्य सहायता कक्ष निमार्ण सम्पन्न भएको छ ।

जमुनाह स्वास्थ्य सहायता कक्ष

त्यस्तै झापाको काकडभित्तामा अन्तिम चरणमा पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले बताए ।

काकडभित्ता स्वास्थ्य सहायता कक्ष

उनका अनुसार अन्य त्रिनगर र गड्डाचौकीमा पनि धमाधम निमार्णको काम भईरहेको छ । यो वर्ष सबै नाकामा स्वास्थ्य सहायता कक्ष निमार्ण सम्पन्न हुने प्रवक्ता पौडेलले बताए ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com