१ सय १ केजी गाँजासहित तीनजनालाई सशस्त्र प्रहरीले समात्यो


काठमाडौं । सशस्त्र प्रहरीले १ सय १ केजी भन्दा बढी लागु औषध गाँजासहित तीनजनालाई समातेको छ ।

सशस्त्रले रमेश पासवान , राम खेलावन मण्डल र सुरेश यादवलाई १ सय १ केजी भन्दा बढी प्रतिबन्धित लागु औषध गाँजासहित नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास महोत्तरीबाट खटीएको सशस्त्र प्रहरी बरिष्ठ हवल्दार मन्तोष कुमार सिंहको ५ जनाको स्क्वाड टोलीले पासवानसहित तीनजनालाई गाँजासहित नियन्त्रणमा लिएको हो ।

 

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीकाअनुसार नेपालबाट भारततर्फ  टाउकोमा बोकी लैजादै गरेको प्रतिबन्धित लागु औषध गाँजासहित तीन व्यक्तिलाई  नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको छ ।

महोत्तरी जिल्ला महोत्तरी एकडाँडा गाउपालिका वडा नं. ५ गेना बथनाहामा महोत्तरीबाट खटीएको सप्रबह मन्तोष कुमार सिंहको ५ जनाको स्क्वाड टोलीले चेक जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

 

क्याटेगोरी : प्रदेश, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com