चटपटेबाट हैजा फैलिएपछि बिरामी अस्पतालको आइसीयूमा


काठमाडौं । चटपटे खादा हैजा (कलेरा) फैलिएपछि एक महिला टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयूमा भर्ना भएकी छिन् । शुक्रराज अस्पतालका अनुसार दुईजना कलेरामा बिरामी फेला परेको छ ।  उनीहरु एउटै परिवारका सदस्य (दिदीबहिनी) हुन् ।

काठमाडौं मोडेल अस्पतालबाट रिफर भएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु आएका उनीहरू दुबैको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकको भनाइ छ । एकजनालाई त आइसीयूमा राखेर उपचार गर्नु पर्ने अवस्था आएको ती चिकित्सकले बताए ।

अस्पतालका अनुसार उनीहरू चटपटे खादा बिरामी परेका थिए । चटपटेको उक्त पानीमा दिसा मिसिएकाे बुझिएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com