अध्यागमन बसेर भोजपुरको सिडिओ बन्ने थापापछि पन्थी


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय बसेर भोजपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्ने सूचीमा नरबहादुर थापापछि सुरेश पन्थीको नाम थपिएको छ। थापा र पन्थी दुबै प्रमुख अध्यागमन अधिकृत भइसकेका सहसचिव हुन्।

पन्थी अध्यागमनबाट कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक हुँदै भोजपुरको सिडिओ भएका हुन्। थापा प्रमुख अध्यागमन अधिकृतबाट १ वर्ष अगाडि भोजपुरको सिडिओ भएर गएका थिए। पन्थीले थापालाई प्रमुख अध्यागमन अधिकृतमा विस्थापित गरेका थिए। भोजपुरको सिडिओमा पनि थापालाई पन्थीले नै विस्थापित गरेका छन्।

पन्थी प्रमुख अध्यागमन अधिकृत, कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक हुँदै भोजपुरको सिडिओ भएका छन्। भोजपुरको सिडिओ बनेका पन्थी बैतडी, नवलपरासीे पश्चिम जस्ता जिल्लाको सिडिओ चलाइसकेका सहसचिव हुन्। थापा भने गृह मन्त्रालयको जगेडामा तानिएका छन्।

 

क्याटेगोरी : समाचार
ट्याग : #नरबहादुर थापा, #सुरेश पन्थी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ