अवकाशको मुखमा रहेका सिडिओहरू

काठमाडौं। सिन्धुपाल्चोक, गोरखा र बैतडीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरू अवकाशको मुखमा रहेका छन्। सिन्धुपाल्चोकका सिडिओ किरण थापा, गोरखाका सिडिओ रामुराज कडरिया र बैतडीका सिडिओ पुण्यबिक्रम पौडेल ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाशका जान लागेका हुन्। उनीहरू ५८ वर्षे उमेर हद लागेर चालू आर्थिक वर्षमा अवकाशमा जाने सूचीमा छन्।
भ्रष्टाचार मुद्दा लागेका नेपाली कांग्रेसका निलम्बित सांसाद मोहनबहादुर बस्नेतलाई प्रमुख अतिथि बनाउनु सिन्धुपाल्चोकका सिडिओ किरण थापा अवकाशको मुखमा रहेका छन्। उनी ५८ वर्ष टेकेर ३ महिनापछि अनिवार्य अवकाशमा जान लागेका हुन्। २०८२ साल असोज २७ गतेको रातीबाट उनी सरकारी सेबाबाट बिदा हुनेछन्। उनी सिडिओको हैसियतमा बिदा हुन्छन् कि हुँदैनन् त्यो हेर्न भने असोज २७ गतेसम्म नै कुर्नुपर्ने हुन्छ।
२०८२ साल फागुन ४ गते बैतडीको सिडिओ पुण्यबिक्रम पौडेल ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जाने सूचीमा छन्। गोरखाबाट पेलिएर बैतडीको सिडिओमा पुगेका पौडेल ७ महिना त्यहाँ टिकेभने सिडिओ कै हैसियतमा घर जानेछन्। पौडेल पनि अवकाश कै मुखमा रहेका सिडिओ हुन्।
गोरखाका सिडिओ रामुराज कडरिया सम्बत् फिरेपछि घर जाने सूचीमा छन्। चालू आर्थिक वर्षमै अवकाशको सूचीमा रहेका कडरिया धनुषाबाट गोरखातिर चढेका हुन्। सिडिओ कडरिया २०८३ असार ३ गते दही-चिउरा नखाई घर जाने सूचीमा छन्। सहसचिवमा बढुवा भएपछि १५ महिना धनुषाको सिडिओ भएका कडरिया ११ महिना गोरखामा टिक्छन् कि टिक्दैनन् त्यो भने समयले नै देखाउने छ। मुख्यसचिव एकनारायण अर्यालका विश्वासपात्र कडरियालाई मंसिर कटेपछि सिडिओमा खड्गो पर्न पनि सक्छ।
क्याटेगोरी : समाचारट्याग : #किरण थापा सिडिओ सिन्धुपाल्चोक, #पुण्यबिक्रम पौडेल, #रामुराज कडरिया
तपाईको प्रतिक्रिया दिनुहोस