सचिव बढुवामा फेरि छुटे नायब महालेखापरीक्षक घनश्याम पराजुली, आचार्य उपमहालेखापरीक्षकमा उक्लिए

काठमाडौं। लेखापरीक्षण सेवाको विशिष्ट श्रेणी उपमहालेखापरीक्षक (सचिव)मा बढुवा हुनबाट घनश्याम पराजुली छुटेका छन्। दुईपटक १ नम्बरमा सिफारिस भएका पराजुलीलाई अन्याय गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले ईन्द्रप्रसाद आचार्यलाई उपमहालेखापरीक्षक (सचिव)मा बढुवा गर्ने निर्णय गरेको छ। भदौं ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई नेपाल लेखापरीक्षण सेवाको समूहीकरणतर्फ विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक रिक्त पदमा बढुवा गर्ने निर्णय गरेको हो।
उपमहालेखापरीक्षक नारायण एमसीले ५८ अनिवार्य अवकाश पाएसँगै उक्त ठाउँमा आचार्यको बढुवा भएको हो। अघिल्लोपटक पनि १ नम्बरमा सिफारिस भएका पराजुलीलाई उछिन्दै एमसी उपमहालेखापरीक्षकमा बढुवा भएका थिए। एक महिनापछिको बढुवामा पनि उनलाई पछि पार्दै आचार्य उपमहालेखापरीक्षकमा बढुवा भएका छन्। नायब महालेखापरीक्षक पराजुली उपमहालेखापरीक्षकमा पुस ९ गतेसम्म पखर्नु पर्ने भएको छ। ४ महिनाका लागि आचार्य उपमहालेखापरीक्षकमा उक्लिएपछि पराजुली हेरेको हेरै भएका छन्।
२०७६ साल माघ १० गते एकैदिन घनश्याम पराजुली, नेत्रकुमार खत्री, नारायण एमसी र ईन्द्रप्रसाद आचार्य नायब महालेखापरीक्षक बनेका थिए। उनीहरूमध्ये खत्री २०८१ पुसमा ५८ वर्ष लागेर नायब महालेखापरीक्षकबाटै घर गएका थिए। एक नम्बर नायब पराजुली दुईपटक बढुवामा छुटेर एमसी र आचार्यलाई उपमहालेखापरीक्षक बनेका हुन्। ब्याचीहरूलाई न्याय मिल्दा पराजुली भने अन्यायमा परेका छन्।
क्याटेगोरी : समाचारट्याग : #ईन्द्रप्रसाद आचार्य, #उपमहालेखापरीक्षक, #घनश्याम पराजुली, #नायब महालेखापरीक्षक, #नारायण एमसी, #महालेखापरीक्षकको कार्यालय
तपाईको प्रतिक्रिया दिनुहोस