पञ्चाङ्ग निर्णायक समितिको सदस्य-सचिवमा आचार्य लक्ष्मण पन्थी नियुक्त
काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य-सचिवमा आचार्य लक्ष्मण पन्थी नियुक्त भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेकी प्रधानमन्त्री कार्कीले पन्थीलाई नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य-सचिवमा नियुक्त गरेकी हुन्।
पन्थी खुला प्रतिस्पर्धाबाट नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य-सचिवमा नियुक्त भएका हुन्। समितिको सदस्य-सचिव कार्यकारी पद हो। समितिको सदस्य-सचिवमा पन्थी र श्रीकेश कौशिकको नाम सिफारिस भएको थियो। पर्यटन मन्त्रालयको जिम्मेवारी पाएकी प्रधानमन्त्री कार्कीले पहिलो नम्बरमा सिफारिस भएका पन्थीलाई ४ वर्षका लागि सदस्य-सचिवमा नियुक्त गरेकी हुन्।
पन्थी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्य समेत भएर काम गरिसकेका छन्। आचार्य पन्थी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य-सचिव समेत हुन्।
क्याटेगोरी : समाचारट्याग : #नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, #लक्ष्मण पन्थी



तपाईको प्रतिक्रिया दिनुहोस