महालेखापरीक्षकको कार्यालयका सचिव आचार्य अवकाशमा, तेस्रो प्रयासमा बढुवा होलान् त पराजुली?


काठमाडौं। महालेखापरीक्षकको कार्यालयका सचिव (उपमहालेखापरीक्षक) इन्द्रप्रसाद आचार्य अवकाशमा गएका छन्। ५८ वर्ष लागेर बुधबारदेखि आचार्य अनिवार्य अवकाशमा गएका हुन्।

४ जना उपममहालेखापरीक्षक (सचिव)को दरबन्दी हुने महालेखापरीक्षकको कार्यालयमा आचार्यको ठाउँमा १ पद रिक्त भएको छ। २०८२ भदौं ९ गते लेखापरीक्षण समूहको सचिवमा बढुवा भएका आचार्य ४ महिना उपमहालेखापरीक्षको भूमिकामा काम गरेर घर गएका छन्।

अब न्यायिक दृष्टिकोणले हेर्दा घनश्याम पराजुली उपमलेखापरिक्षक (सचिव)मा बढुवा हुनुपर्ने हो। लेखापरीक्षण समूहमा आचार्य र नारायण एमसीभन्दा वरिष्ठ सहसचिव (नायब महालेखापरीक्षक) रहेका पराजुली दुई पटक फ्यालिएका छन्।

२०७६ साल माघ १० गते एकैदिन घनश्याम पराजुली, नेत्रकुमार खत्री, नारायण एमसी र ईन्द्रप्रसाद आचार्य नायब महालेखापरीक्षक बनेका थिए। उनीहरूमध्ये खत्री २०८१ पुसमा ५८ वर्ष लागेर नायब महालेखापरीक्षकबाटै घर गएका थिए। एक नम्बर नायब रहेका पराजुली दुईपटक बढुवामा छुटे। उनीपछि सिफारिस भएका एमसी र आचार्यलाई उपमहालेखापरीक्षक बनाएपछि पराजुली हेरेको हेऱ्यै भए। ब्याचीहरूलाई न्याय मिल्दा पराजुली भने अन्यायमा परेका छन्। ‘जेन-जी’ सरकारले न्याय दिए पराजुली तेस्रो प्रयासमा सचिव (उपमहालेखापरीक्षक)मा बढुवा हुनेछन्।

क्याटेगोरी : समाचार
ट्याग : #इन्द्रप्रसाद आचार्य, #घनश्याम पराजुली, #नारायण एमसी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ