४ उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिवलाई खटाइयो


काठमाडौं। सरकारले ४ उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिवलाई खटाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिवहरू ज्ञानहरि घिमिरे, टेकनारायण पौडेल, चन्द्रप्रसाद भुसाल र दिपक ज्ञवालीलाई प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जगेडामा रहेका ४ सहसचिवहरू उपमहानगरपालिकामा सरुवा भएका हुन्। बालेन सरकारले सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव टेकनारायण पौडेलको तुलसीपुर उपमहानगरपालिकामा सरूवा गरेको छ । सहसचिवहरू चन्द्रप्रसाद भुसालको घोराही उपमहानगरपालिकामा, दिपक ज्ञवालीको बुटवल उपमहानगरपालिकामा र ज्ञानहरि घिमिरेको जनकपुरधाम उपमहानगरपालिकामा सरूवा भएको हो। लामो समयदेखि उपसचिवले रजगज गरिरहेका ती उपमहानगरपालिकामा बालेन सरकारले दरबन्दी अनुसार सहसचिव खटाइएको छ। उक्त दरबन्दीमा बढुवा भएर जान नमान्ने सहसचिवहरू बालेन सरकारको फेला परेका हुन्।

सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सहसचिवहरू खिमबहादुर कार्की, सन्तोषकुमार दाहाल र लेखनाथ ज्ञवाली भने हलचल भएका छैनन्। सहसचिव कार्कीको १ महिना, दाहाल र ज्ञवालीको ६ महिना मात्र जागिर बाँकी छ। कम अवधि भएका कारण उनीहरूलाई उपमहानगरपालिकामा नपठाइएको हो। सरकारले अझै कलैया उपमहानगरपालिकामा सहसचिव खटाउन सकेको छैन।

क्याटेगोरी : समाचार
ट्याग : #चन्द्रप्रसाद भुसाल, #ज्ञानहरि घिमिरे, #टेकनारायण पौडेल, #दिपक जवाली

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ