भूमि र वाणिज्य विभागका महानिर्देशक हटाइए


काठमाडौं। भूमि व्यवस्थापन तथा अभिलेख विभाग र बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक हटाइएका छन्। भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शिवप्रसाद रेग्मीको कृषि वन तथा पर्यावरण मन्त्रालय वा अन्तर्गत सरूवा भएको छ। वाणिज्य विभागका महानिर्देशक रोशन ज्ञवाली गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत पठाइएका छन्।

सहकारी  विभागका रजिष्ट्रार सुशील ढकाललाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। मंसिरमा अवकाशमा जान लागेका ढकाललाई विभागबाट तानेर अतिरिक्तमा राखिएको हो। विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतबाट ल्याइएका योगेन्द्रप्रसाद दुलाल भूमि व्यवस्थापन तथा अभिलेख विभागको महानिर्देशक बन्ने प्रवल सम्भावना छ।
मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राजकुमार महतो पनि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तर्गत नै सरुवा भएर आएका छन्। गण्डकी प्रदेशबाट बाबुराम गौतम पनि उक्त मन्त्रालयमै सरुवा भएर आएका हुन्। नयाँ थपिएकी सहसचिव आरती न्यौपाने पनि सामान्य प्रशासन मन्त्रालयमै व्यवस्थापन भएकी छिन्। उनी निजामती किताबखानामा जाने सम्भावना छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका चर्चित सहसचिव राजेश ज्ञवाली कोशी प्रदेश प्रमुखको कार्यालयमा सरुवा भएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मधेश प्रदेशबाट युवराज ज्ञवाली, गण्डकी प्रदेशबाट मोतिराम सापकोटा र आदिवासी जनजाति आयोगबाट बुद्धबहादुर गुरुङ सरुवा भएर आएका छन्। अधिकरी करिब डेढ वर्ष प्रदेश बसेर संघमा फर्किएका हुन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ