विपद्को मुखमा विपद् प्राधिकरण नेतृत्वविहीन


काठमाडौं। बाढीपहिरोका कारण मुलुक विपद्को उच्च जोखिममा रहेको छ। यस्तो जोखिमपूर्ण अवस्थामा पनि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन अवस्थामा रहेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक दिनेशप्रसाद भट्ट अध्यादेशमार्फत पदमुक्त भएको लामो समय भइसकेको छ। निमित्त भएर कमाण्ड गर्ने प्रशासन सेवाको सहसचिव पनि प्राधिकरणमा खटाइएको छैन। प्राधिकरणमा कार्यरत सहसचिव रोशनीकुमारी श्रेष्ठको कर्णाली प्रदेशमा सरूवा भएपछि गृह मन्त्रालयले प्राधिकरणमा अर्को सहसचिव पठाएको छैन।

विपद्को मुखमा प्राधिकरणमा तत्काल प्रशासन सेवाको सहसचिव पठाएर सम्भावित जोखिम व्यवस्थापन गर्न लगाउनु पर्ने हो। तर, गृह मन्त्रालयको प्रशासनिक नेतृत्व उक्त कुरामा चुकेको देखिन्छ।

यता राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग पनि नेतृत्वविहीन छ। विभागका महानिर्देशक नमराज घिमिरेको सरूव भएपछि गृह मन्त्रालयले उक्त विभागमा महानिर्देशक पठाएको छैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ