राष्ट्रिय परिचयपत्रको डिजीमा पौडेल, प्राधिकरणको कमाण्ड कोइरालाले सम्हाल्ने


काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक (डिजी)को जिम्मेवारी कृष्ण पौडेलले पाएका छन्। गृह मन्त्रालयले पौडेललाई विभागको जिम्मेवारी दिएको हो।

विभागका महानिर्देशक नमराज घिमिरे मुस्लिम आयोगमा सरूवा भएपछि उक्त विभाग रिक्त थिए। रक्षाबाट सरूवा भएका पौडेल राष्ट्रिय परिचयपत्रको डिजी बनेका हुन्। खुला प्रतिस्पर्धाबाट सहसचिव भएका पौडेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, थारू आयोग हुँदै रक्षा मन्त्रालय पुगेका थिए। रक्षाबाट गृह सरूवा भएका पौडेल राष्ट्रिय परिचयपत्रको डिजी भएका हुन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा भने सहसचिव प्रदीपकुमार कोइरालालाई खटाइएको छ।प्राधिकरणकी सहसचिव रोशनीकुमारी श्रेष्ठको कर्णाली प्रदेशमा सरूवा भएपछि गृह मन्त्रालयले प्राधिकरणमा कोइरालाले पठाइएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक दिनेशप्रसाद भट्ट अध्यादेशमार्फत पदमुक्त भएकाले कोइरालाले नै उक्त विभागको कमाण्ड सम्हालेछन्। कृषि मन्त्रालयको प्रशासन महाशाखा हेर्दै आएका कोइराला गृह छिर्नेबित्तिकै प्राधिकरणमा व्यवस्थापन भएका हुन्।

गृहमा भित्रिएका सहसचिवहरु लक्ष्मी पाण्डेय गौतम, बलराम निरौला, पुष्पराज शाही र भूपेन्द्र थापा व्यवस्थापन हुनै बाँकी छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #कृष्ण पौडेल, #प्रदीपकुमार कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ