यी हुन् दुई महानिरीक्षकसहित विभागीय कारबाहीमा सिफारिस भएका उच्च अधिकारीहरू
काठमाडौं। जेनजी आन्दोलन दमनको घटनामा राष्ट्रिय मानवअधिकार आयोगको आधा दर्जन बढी सरकारी उच्च अधिकारीको नाम किटान गरेर विभागीय कारबाहीका लागि सिफारिस गरेको छ। आयोगले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई विभागीय कारबाहीका लागि सिफारिस गरेको हो।
नेपाल प्रहरीका नायब महानिरीक्षक ओमबहादुर रानालाई ओम विक्रम राणा भनेर गलत नाम समेत आयोगले विभागीय कारबाहीका लागि सिफारिस गरेको देखिन्छ। यसले आयोगको प्रतिवेदनमाथि प्रश्न उठेको छ। उपत्यका प्रहरी कार्यालयमा रानाले कमाण्ड सम्हालेका आधारमा विभागीय कारबाहीका लागि सिफारिस गरेको पाइन्छ। तर, नाम थर फरक उल्लेख भएको देखिन्छ।
आयोगले नेपाल प्रहरीका डीआईजी विश्व अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन निर्देशक कृष्ण खनाल र काठमाडौंका तत्कालीन सिडिओ छविलाल रिजालमाथि पनि विभागीय कारबाहीका लागि सिफारिस गरेको हो। फिल्डमा खटिएका नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कमान्डरहरूलाई विभागीय कारबाही गरेर आयोगलाई जानकारी दिन भनिएको छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस