संघमा कर्मचारी कटौती गर्ने नीतिविपरीत स्वास्थ्यको पुलमा राखियो प्रशासनको सहसचिवको दरबन्दी
स्वास्थ्यमा प्राविधिक र प्रशासन गरी दुई सचिव
समाचार टिप्पणी
काठमाडौं। सरकारले संघमा अनावश्यक दरबन्दी कटौती गर्ने नीतिविपरीत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पुलमा नेपाल प्रशासन सेवाको राखिएको छ। स्वास्थ्यको पुलमा प्रशासनको सहसचिवको दरबन्दी राख्नु विकृत अभ्यास हो। यस्तो विकृत अभ्यास देखाउँदै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पुल दरबन्दीमा नेपाल प्रशासन सेवाको सहसचिवको दरबन्दी राखेको देखिन्छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालमा बाह्रौं तहको दरबन्दी राखेर बढुवा गरेपनि अहिलेसम्म सरकारले पठाउन सकेको छैन। उक्त दरबन्दीले उल्टै न्याम्स र मन्त्रालयबीच इन्डिया र पाकिस्तानको जस्तो सम्बन्ध देखिदै आएको छ। फिल्डमा खटेर काम गर्ने पद पनि नभएकाले स्वास्थ्यको पुल दरबन्दीमा अतिरिक्त सचिवको दरबन्दी राख्दा त्यसको औचित्य पुष्टि हुन सकेको देखिँदैन।
वीर अस्पतालमा प्रशासन सेवाको सहसचिवको काम नै छैन। जागिर खाने र सहुलियत उपचार गर्नेबाहेक त्यहाँ प्रशासन सेवाको सहसचिवको खासै भूमिका देखिँदैन। वीरमा पठाएका सहसचिवहरू जानै मान्दैनन्। गएपनि ती सहसचिवहरू ‘पेण्डुलम’ भएर बस्ने गरेका छन्। यस्तो अवस्थामा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पुलमा नेपाल प्रशासन सेवाको दरबन्दी राख्नुले कुशासनलाई बढवा दिने काम गरेको छ। उक्त विषयमा बालेन सरकारले गम्भीर समिक्षा गर्न जरूरी देखिन्छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा विशिष्ट श्रेणी (सचिव) समेत दुईवटा राखिएको छ। स्वास्थ्यको प्राविधिक र प्रशासन गरी दुई सचिव राख्ने गरी ‘ओएन्डएम’ स्वीकृति गरिएको हो। स्वास्थ्यमा दुई सचिव राख्नु आवश्यकता र औचित्यपूर्ण देखिँदैन।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस