चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा १० जनाबीच प्रतिस्पर्धा
काठमाडौं। चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा १० जनाबीच प्रतिस्पर्धा हुने भएको छ। पूर्वस्वास्थ्य सचिव डा. रोशन पोखरेलदेखि आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. श्रीकृष्ण गिरीसम्म उपाध्यक्षको प्रतिस्पर्धामा रहेका छन्।
डा. पोखरेल र प्रा. डा. गिरीसहित प्रा. डा. गेहनाथ बराल, प्रा. डा. दिनेशकुमार लम्साल, प्रा. डा. दिपेन्द्र श्रेष्ठ, प्रा. डा. देवेन्द्रबहादुर खत्री, सह प्रा. प्रमोदकुमार यादव, प्रा. डा. सञ्जयकुमार श्रेष्ठ, प्रा. डा. सुरज बज्राचार्य र प्रा. डा. सैलेश प्रधानबीच आयोगको उपाध्यक्षमा प्रतिस्पर्धा हुने भएको हो।
जेठ २७ गते बिहान ८ बजे प्रा. डा. गेहनाथ बराल, प्रा. डा. दिनेशकुमार लम्साल र प्रा. डा. दिपेन्द्र श्रेष्ठको उपाध्यक्ष पदका लागि व्यावसायिक कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम रहेको छ। जेठ २७ गते बिहान ११ बजे, डा. रोशन पोखरेल, गिरी, प्रा. डा. देवेन्द्रबहादुर खत्री र सह प्रा. प्रमोदकुमार यादवको व्यावसायिक कार्ययोजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रम राखिएको हो। दिउँसो २ बजेदेखि प्रा. डा. सञ्जयकुमार श्रेष्ठ, प्रा. डा. सुरज बज्राचार्य र डा. सैलेश प्रधानको प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुनेछ।
लोक सेवा आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा आयोगको उपाध्यक्ष छनौटको कार्यक्रम राखिएको छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस