विदेशमा रहेका ३ राजदूतावास र २ महावाणिज्यदूतावास खारेज


काठमाडौं। सरकारले ३ राजदूतावास र २ महावाणिज्यदूतावास खारेज गरेको छ। अर्थमन्त्री स्वर्णीम वाग्लेले आर्थिक वर्ष २०८३/८४ मार्फत् ३ राजदूत र २ महावाणिज्यदूतावास खारेज गर्ने निर्णय गरेको हो।

अर्थमन्त्री वाग्लेले डेनमार्क, बाज्रिल र दक्षिण अफ्रिकाको राजदूतावास खारेज गर्ने घोषणा गरेका छन्। ब्राजिलको राजदूत निमराज काफ्ले रहेका छन् भने डेनमार्क र दक्षिण अफ्रिका कार्यवाहक राजदूतले चलाइरहेका छन्। ‘थ्री-म्यान’ मिसन डेनमार्कको कार्यवहाक राजदूत सावित्रा ओली रहेकी छिन्। सुम्निमा तुलाधरलाई सरकारले राजदूतबाट फिर्ता बोलाएपछि ओलीले कार्यवहाको भूमिका पाएकी हुन्।

दक्षिण अफ्रिकाको राजदूत कपिलमान श्रेष्ठलाई फिर्ता बोलाइसकेको छ। उक्त दूतावास पनि बन्द गर्ने घोषणा गरिएको छ। डेनमार्कले नेपालमा रहेको राजदूतावास बन्द गरिसकेकोले नेपालले पनि त्यहाँ रहेको राजदूतावास बन्द गर्ने निर्णय गरेको हो।

अमेरिकाको सान फ्रान्सिस्को महावाणिज्यदूतावास र चीनको छेन्दुमा रहेको महावाणिज्यदूतावास पनि खारेज गर्ने अर्थमन्त्री वाग्लेले घोषणा गरेका छन्। सान फ्रान्सिस्को महावाणिज्यदूत लक्ष्मण खनाल र छेन्दुको महावाणिज्यदूत सुरेश राउत रहेका छन्। परराष्ट्र सेवाका सहसचिव खनाल परराष्ट्रको ‘माछबजार’मा थपिने भएका हुन्। तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवाको दबाबमा अमेरिकाको सान फ्रान्सिस्को महावाणिज्यदूतावास स्थापना गरिएको थियो। सरकारले बजेट मार्फत् उक्त महावाणिज्यदूतावास खारेज गर्ने घोषणा गरेको हो।

चर्चित विचौलिया दिपक भट्टको सेटिङमा चीनको छेन्दुमा स्थापना गरिएको महावाणिज्यदूतावास पनि खारेज गर्ने निर्णय भएको छ। छेन्दुको महावाणिज्यदूतको भूमिकामा सुरेश राउत रहेका छन्। गंगा दाहालसँग सेटिङ मिलाएर राउत छेन्दुको महावाणिज्यदूत बनेको चर्चा अझै सेलाएको छैन।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ