पशुपति क्षेत्र विकास कोषमा पाएसम्म नियुक्ति खान लागिपरेका व्यक्ति


काठमाडौं। पशुपति क्षेत्र विकास कोषमा एउटै व्यक्ति विभिन्न पदमा जागिर खान दौडधुप गरिरहेका छन्। खारेज भइसकेको कार्यकारी निर्देशकदेखि सञ्चालक परिषद् सदस्यसम्मको नियुक्ति खान चर्को दौडधुप देखिन्छ। केही व्यक्तिहरू पशुपति क्षेत्र विकास कोषमा पाएसम्म नियुक्ति खान लागिपरेको पाइन्छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आवेदन माग्दा पशुपति क्षेत्र विकास कोषमा मात्र ४७६ आवेदन दिएका छन्। नेपाल पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणपछि पशुपति क्षेत्र विकास कोष आवेदनका लागि आकर्षक निकायमा देखिएको छ। कोषमा खारेज भइसकेको कार्यकारी निर्देशक पदमा समेत नियुक्तिका लागि आवेदन दिएको पाइन्छ। कार्यकारी निर्देशक ताकेर हिँड्नेले कोष चलाउनेमा आशंका उत्पन्न भएको छ। कार्यकारी निर्देशकमा आवेदन दिनेलाई ‘सर्टलिष्ट’बाटै आउट गर्न उपयुक्त देखिन्छ।

गणेशबहादुर विष्टले पशुपति क्षेत्र विकास कोषमा भए/नभएका सबै पदमा आवेदन दिएका छन्। विष्टले सदस्यसचिव, कोषाध्यक्ष, सञ्चालक परिषद् सदस्य र खारेज भइसकेको कार्यकारी निर्देशकमा आवेदन दिएको पाइन्छ। रेसु खतिवडाले पनि सदस्यसचिव, कोषाध्यक्ष, कार्यकारी निर्देशक र सञ्चालक परिषद् सदस्यमा दाबी गरेको देखिन्छ। मनोज कुमार आचार्यले कोषको कोषाध्यक्ष, कार्यकारी निर्देशक, सञ्चालक परिषद् सदस्यमा दाबी गरेका छन्।

राम शोभित नायकले कोषको सदस्यसचिव, कोषाध्यक्ष, सञ्चालक परिषद् सदस्यमा आवेदन दिएका छन्। मनोज नेपाल कोषको सदस्यसचिव, कोषाध्यक्ष सञ्चालक परिषद् सदस्यमा आवेदन दिएका हुन्। रामकृष्ण शर्मा कोषको सदस्यसचिव, कोषाध्यक्ष र सञ्चालक परिषद् सदस्यमा आवेदन दिएका छन् भने टेकराज पन्थी सदस्यसचिव र सञ्चालक परिषद् सदस्यमा दाबी गरेका छन्।

श्रीधर सापकोटा कोषको कोषाध्यक्ष र सञ्चालक परिषद् सदस्य, डिल्लीराज पौडेलले सदस्यसचिव, कार्यकारी निर्देशक र सञ्चालक परिषद् सदस्य, दुर्जमान तामाङ सदस्यसचिव र कार्यकारी निर्देशक तथा ललिता रिजालले कार्यकारी निर्देशक र सञ्चालक परिषद् सदस्यमा आवेदन दिएका छन्। उत्तमप्रसाद देवकोटाले कोषको सदस्यसचिव र कोषाध्यक्ष, विर्ष रावलले कोषाध्यक्ष र सञ्चालक परिषद् सदस्य, नवलकिशोर यादव सदस्यसचिव र कोषाध्यक्ष तथा प्रविणलाल दास सदस्यसचिव र कोषाध्यक्षमा दाबी गरेका हुन्।

धर्मानन्द अवस्थीले कोषको सदस्यसचिव र कार्यकारी निर्देशक, भेषराज आचार्यले सदस्यसचिव र कार्यकारी निर्देशक, केशरा कुमारी अर्याल सदस्यसचिव र कार्यकारी निर्देशक, रेनु पाण्डे सदस्यसचिव र कार्यकारी निर्देशक तथा टंक भुसाल सदस्यसचिव कार्यकारी निर्देशकमा आवेदन दिएका छन्।

पुरुषोत्तम खतिवडाले कोषको सदस्यसचिव र कोषाध्यक्ष ध्रुवप्रसाद भट्टराई कार्यकारी निर्देशक र सञ्चालक परिषद् सदस्य तथा कुलभूषण शेखर शर्मा कार्यकारी निर्देशक सञ्चालक परिषद् सदस्यमा आवेदन दिएका छन्।

पशुपति क्षेत्र विकास कोषमा नियुक्ति खान निकै दौडधुप देखिन्छ। पर्यटन मन्त्रालय कोषमा इच्छा जाहेर गर्नेको व्यक्तिगत विवरण केलाएर सूची सार्वजनिक गर्ने सम्भावना छ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ