५५ वर्षले घर जाने सूचीमा रहेका प्रशासन सेवाका सहसचिवहरू


काठमाडौं। प्रस्तावित निजामती सेवा विधेयकमा ५५ वर्ष पुगेकालाई घर पठाउनेगरी गृहकार्य भइरहेको छ। ५५ वर्ष उमेर पूरा भएका कर्मचारीलाई घर पठाउने गरी प्रावधान राख्न खोजिएको विषयले कर्मचारी वृत्त तरंगित देखिन्छ। ५५ वर्ष पुगेकलाई घर पठाउने गरी निजामती सेवा कानुन तत्काल आए प्रशासन सेवाका मात्र १०० बढी सहसचिव घर जाने सूचीमा छन्। अझ ३० वर्षे थपिदा त उक्त संख्या ठूलो हुन सक्छ।

निजामती सेवामा ५५ वर्षे प्रावधानले सचिव बढुवाको मुखमा रहेका सहसचिवहरू इन्दु घिमिरे, श्रीकृष्ण नेपाल, बिनोदबहादुर कुँवर, कालिप्रसाद पराजुली र ज्ञानेन्द्र पौडेल अवकाशमा जानेछन्। त्यसपछि सचिव बढुवाको सूचीमा रहेका नारायणप्रसाद सापकोटा, गजेन्द्रकुमार ठाकुर, झक्कप्रसाद आचार्य, नेत्रप्रसाद सुवेदी, ऋषिराम तिवारी, रामप्रसाद आचार्य नारायणप्रसाद भटृराई ५५ वर्षे उमेर हदमा पर्ने देखिन्छन्।

सहसचिवहरू प्रदीपकुमार कोइराला, हरिशरण पुडासैनी, गोपालप्रसाद अर्याल, सुशील ढकाल, पिताम्बर घिमिरे बसन्त अधिकारी, छविलाल रिजाल, चक्रपाणि पाण्डे, उमेश ढुंगाना, मुक्तिप्रसाद पाण्डे श्रवणकुमार तिमिल्सिना, रमेश न्यौपाने र यमुना प्रधान ५५ वर्ष पूरा भइसकेका छन्। बाबुराम भण्डारी, राजेन्द्रकुमार केसी, सरोजप्रसाद गुरागाई, हरिप्रसाद घिमिरे, शम्भुप्रसाद मरासिनी, शंकरहरि आचार्य, योगेन्द्रप्रसाद पाण्डे, बासुदेव दाहाल, कृष्णप्रसाद लम्साल, ओमबहादुर खड्का, हिरालाल रेग्मी, दिपकराज नेपाल, नरेशराज खरेल र मदन दाहाल ५५ वर्ष पूरा भइसकेका प्रशासन सेवाका सहसचिव हुन्।

सहसचिवहरू रुद्रप्रसाद लामिछाने, जयकुमार घिमिरे, शिवप्रसाद रेग्मी, मनोजकुमार आचार्य, जनार्दन गौतम, गणेश अर्याल, राजेन्द्रदेव पाण्डे, कृष्णप्रसाद सापकोटा, विश्वप्रकाश अर्याल, शिवराम गेलाल, तुलसीनाथ गौतम, रामहरि ज्ञवाली, हेमराज सुवेदी, वेदप्रसाद खरेल, बलराम निरौला, मदन कोइराला, श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ र रूद्रप्रसाद पण्डित ५५ वर्ष पूरा भइसकेका छन्। कमलबहादुर राजलवट, जनकराज शर्मा, तेजप्रसाद दाहाल, लोकप्रसाद न्यौपाने, केदारनाथ शर्मा, चिरञ्जीवी पौडेल, खिमबहादुर रायामाझी, खिमबहादुर कुँवर, विनोद लामिछाने, विष्णुप्रसाद ज्ञवाली, गोपीकृष्ण कोइराला, ऋषिराज आचार्य, रामुराज कडरिया, सन्तोषप्रसाद दाहाल, पदमकुमार श्रेष्ठ, योगेन्द्रप्रसाद दुलाल र नारायणप्रसाद मैनाली ५५ वर्ष पूरा भइसकेका सहसचिव हुन्।

सहसचिव गोविन्दप्रसाद अधिकारी, बिमलप्रसाद बराल, यमेन्द्र उपाध्याय, लोकबहादुर सुनार, शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, कृष्णबहादुर शाही, ध्रुव गिरी, कृष्णप्रसाद आचार्य, गंगाबहादुर क्षेत्री, हिरालाल चौधरी, लेखनाथ ज्ञवाली डम्बरू प्रसाद निरौला र राजन राई उमेरले ५५ काटिसकेका छन्। कृष्णप्रसाद खनाल, महेन्द्रकुमार सापकोटा, सम्भुप्रसाद रेग्मी, सन्तोषकुमार दाहाल, झनककुमार खत्री, टेकनारायण पौडेल, चन्द्रप्रसाद भुसाल र दिपक ज्ञवाली पनि उमेरले ५५ पूरा भइसकेका सहसचिव हुन्।

सरकारले ५५ वर्षे प्रावधान ल्याएर कर्मचारी कटौती गऱ्यो भने ‘सय-प्लस’ सहसचिवहरू घर जाने देखिन्छन्। सचिव हुने भनेर मुख मिठ्यारहेका १ दर्जन सहसचिव पनि तत्काल नै घर जाने अवस्था आउँछ। ५५ वा ३० आउँदा निजामती सेवामा अवकाशको शक्तिशाली भूकम्प जाने देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ