वायुसेवा निगमको नियुक्तिमा पर्यटनमन्त्री पौडेललाई धक्का, अदालतको आदेशले नैतिक संकट
काठमाडौं। नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य नियुक्तिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)लाई ठूलो धक्का लागेको छ। खुला प्रतिस्पर्धाबाट गर्ने भनिएको सञ्चालक समिति सदस्यमा त्यस्तो नदेखिएको भन्दै सर्वोच्च अदालतले प्रक्रिया रोकिदिएको हो।
उपेन्द्रबहादुर कार्कीले हालेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजलासले योग्यताक्रमका आधारमा नियुक्ति नभएको भन्दै अन्तरिम आदेश दिएको हो। उक्त आदेशसँग मन्त्री पौडेलले तय गरेको योग्यताक्रममाथि प्रश्न उठेको हो।
सिफारिसको १ नम्बरमा रहेका कार्कीले हालेको रिटमा अन्तरिम आदेश दिएको छ। पर्यटनमन्त्री पौडेलले २ नम्बरमा रहेका लिलाराज ढकाल, ३ नम्बरका महेश्वर भक्त श्रेष्ठ ४ नम्बरका डा. दिपक बाँस्तोला, १४ नम्बरका प्रविन भट्टराई र १९ रूपा लामिछानेलाई वायुसेवा सञ्चालक समितिमा नियुक्ति गरेको पाइन्छ। महिलालाई आधार मान्दा पनि १८ नम्बरमा रहेकी विन्दु पन्थी लाई नबनाइ १९ नम्बरकी लामिछानेलाई नियुक्त गरेको देखिन्छ। उक्त विषयमा अदालतले अन्तरिम आदेश दिएको हो।


यस्तो छ सिफारिसको योग्यताक्रमः-
१) उपेन्द्र कार्की
२) लिलाराज ढकाल
३) महेश्वर भक्त श्रेष्ठ
४) डा. दिपक बाँस्तोला
५)डा. भिम चन्द
६) बलराम पौडेल
७) डा. बेद प्रकास उप्रेती
८) चिरन्जीवी उपाध्याय
९) बिष्णुवावु मिश्र
१०) अच्युत पहाडी
११) शम्सेर पराजुली
१२) मनोज श्रेष्ठ
१३) डा. योगराज कॅडेल
१४) प्रविन भट्टराई
१५) अमृतमान श्रेष्ठ
१६) ऋषिराम पण्डित
१७) मनोज भारती
१८) बिन्दु पन्थी
१९) रूपा लामिछाने
२०) परमेश्वर दाहाल
२१) मदन वराल
२२) श्रीराम गौतम
२३) भगीरथ सिंह
२४) गौतम पाण्डे
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस