विशिष्ट संरचना हेर्ने कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जनाको नाम सिफारिस
ebf} @# / @$ sf] k|bz{gsf qmddf hn]sf uf8Lx¿ clxn] ;+;b ejgdf yGSofOPsf] 5 . l;+xb/af/ nufot ;/sf/L sfof{nox¿df hn]sf ;jf/L ;fwgx¿ ;+;b ejg kl/;/df Ú8DkÚ ul/Psf] xf] . h]g–hL cfGbf]ngsf qmddf ePsf] tf]8kmf]8 / cfuhgLdf ;of}Fsf] ;+Vofdf ;jf/L;fwgx¿ cfuhgL ul/Psf lyP . tl:a/ c+ub 9sfn . sflGtk'/
काठमाडौं। विशिष्ट संरचना हेर्ने कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जनाको नाम सिफारिस भएको छ। विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशक पदमा गोरखाका कृष्ण सिंह बस्नेत, धनकुटा धर्मराज खड्का र मोरङका पङ्कज कुमार दास नाम सिफारिस भएको छ। पूर्वाधार विकास मन्त्रालयसमक्ष ३ जनामध्ये १ जनालाई सरकारले विशिष्ट संरचनाको कार्यकारी निर्देशक नियुक्त गर्नेछ।
तत्कालीन सहरी विकासमन्त्री प्रकाशमान सिंहको पालामा सुरु भएको छनौट प्रक्रिया अहिले आएर अघि बढेको छ। जेनजी आन्दोलनको समयमा जेलर ध्वस्त भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन समितिमा बस्नेत, खड्का र दासको सिफारिस गरिएको हो। उनीहरू एकजनाले विशिष्ट संरचनाको कमाण्ड सम्हाल्नेछन्।


तपाईको प्रतिक्रिया दिनुहोस