देशभरका सभामुख र उपसभामुखहरू एक साथ हिँड्दा देखियो गाडीका लावालस्कर
काठमाडौं। कैलालीको टिकापुरमा देशभरका सभामुख र उपसभामुखहरू एक साथ हिँड्दा गाडीका लावालस्कर देखिएका छन्। टिकापुरमा भएको अन्तर व्यवस्थापिका सम्मेलनमा अहिले देशभरका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षसहित उपस्थिति भएका थिए। उनीहरू एकसाथ हिँड्दा गाडीको लावालस्कर देखिएको हो।
सम्मेलनमा सभामुख डोलप्रसाद अर्याल, उपसभामुख रुवी कुमारी ठाकुर, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपाध्यक्ष लिलाकुमारी भण्डारीसहित सातै प्रदेशका सभामुख र उपसभामुख सम्मेलनमा सहभागी भएका थिए। सम्मेलन सुरू हुनुभन्दा अगाडि सबैजना निर्माणाधीन महेन्द्रनगर विमानस्थल अनुगमन गर्न पुग्दा गाडीको लावालस्कर देखिएको हो।
प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष उपाध्यक्ष, सातै प्रदेशका प्रदेशसभाका सभामुख, उपसभामुख, सम्बन्धित क्षेत्रका सांसदहरू, प्रमुख जिल्ला अधिकारी, संघीय संसद्का महासचिव र सचिवहरू, सातै प्रदेशका प्रदेश सभाका सचिवहरू (गाडी सुविधा पाउने) र सुरक्षामा खटिएकाको गाडी एकसाथ निस्कदा गाडीको लावालस्कर देखिएको हो। पूूर्वनिर्धारित कार्यक्रममा पुगेका र स्थानीय प्रतिनिधिहरूको आग्रहमा सबै जना स्थलगत भ्रमण गर्दा गाडीको लावालस्कर देखिएको छ। जसलाई लिएर अहिले विभिन्न टिकाटिप्पणी सुरू हुन थालेको हो।


तपाईको प्रतिक्रिया दिनुहोस