वीरगञ्जका मेयर सिंहविरूद्ध चल्यो भ्रष्टाचार मुद्दा


काठमाडौं। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ७ जनाविरुद्ध कर्मचारी र व्यक्तिहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मेयर सिंहले अर्कैको छोरीलाई आफ्नो छोरी बनाई झूटो विवरणको आधारमा नागरिकता दिलाएको ठहरसहित अख्तियारले उनीहरूविरुद्ध मुद्दा चलाएको हो ।

अख्तियारले मेयर सिंहलाई मतियारको रूपमा मुख्य कसुरदार सरह सजायको माग गरेको छ। नागरिकता लिनेकी आमा रिता भट्टराई, तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडाध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको हो।

गलत छानबिन प्रतिवेदन तयार पारेको अभियोगमा गृह मन्त्रालयका कर्मचारी पुस्कर राना र परशुराम पोखरेललाई अख्तियारले डामेको छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ