गण्डकी प्रदेशको प्रमुख सचिवमा हाजिर भए बराल
काठमाडौं। अर्थ मन्त्रालयको राजस्व सचिवबाट प्रदेश पठाइएका भुपाल बराल हाजिर भएका छन्। बजेटको पूर्वसन्ध्यामा प्रमुख सचिव बराल गण्डकी प्रदेशमा हाजिर भएका हुन्।
पाँच महिना बढी बागमती प्रदेशको प्रमुख सचिव भइसकेका बराल सरकारको ‘एक मन्त्रालय एक सचिव’ नीतिका कारण गण्डकी प्रदेश पठाइएका हुन्। सरकारले गण्डकी पठाएपछि उनी हाजिर हुन पुगेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा आधा दर्जन सचिव हुँदा पनि मधेश प्रदेश कायममुकायम प्रमुख सचिवको भरमा चलिरहेको छ। २१ दिन गण्डकी प्रदेश बसेर संघमा फर्किने शोभाकान्त पौडेलदेखि प्रदेश नै नजाने कृष्णहरि पुष्कर कर्णसम्म संघमा हल्लिरहँदा मधेश प्रदेशले प्रमुख सचिव पाउन सकेको छैन।
डण्डुराज घिमिरे भ्रष्टाचार मुद्दा लागेर निलम्बित भएपछि रिक्त रहेको गण्डकी प्रदेशको प्रमुख सचिव पदमा भने बराल गइसकेका छन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस