सरकारी कार्यालयबाट संघसंस्थाका साइनबोर्ड हटाउन निर्देशन
काठमाडौं। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य प्रवेशद्वारमै नेपाली कांग्रेस निकट नेपाल वित्तीय कर्मचारी संघको साइनबोर्ड देखिएपछि सामाजिक सञ्जालमा हलचल मच्चियो। राष्ट्रिय वाणिज्य बैंकको भवनमा राखेको उक्त बोर्डले सबैको ध्यान खिचेको थियो। सरकारले दलीय ट्रेड युनियन खारेज गरेपछि कार्यालय खाली गराउन निर्देशन नै दिइसकेको छ। तर, कतिपय ट्रेड युनियनले अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय तातेको हो। जिल्ला प्रशासन कार्यालयले ७ दिनभित्र कार्यालय खाली गराउन निर्देशन दिएको हो।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सरकारी भवनभित्रै साइनबोर्ड राखेको भए त्यसलाई हटाउन निर्देशन दिएको छ।सम्पूर्ण सरकारी कार्यालयहरू वा सार्वजनिक निकायले पनि संघसंस्थाको बोर्ड तथा संरचनाहरू आफ्नो कार्यालय हाताबाट हटाई यस्ता संघसंस्थाहरुले ओगटेका भाग/क्षेत्रहरू खाली गराउन निर्देशन दिएको हो। निर्देशन अवज्ञा गरे कानुन बमोजिम कारबाही गर्ने प्रशासनको चेतावनी छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस