उपसचिवमा बढुवा लिएर अवकाशमा गइन् रिजुता शाक्य


काठमाडौं। राष्ट्रिय किताबखाना (निजामती)मा कार्यरत अधिकृत रिजुता शाक्य एक पद बढुवा लिएर अवकाशमा गएकी छिन्। शाक्य प्राविधिक उपसचिव (सूचना प्रविधि निर्देशक)मा बढुवा खाएर अवकाशमा गएकी हुन्। उनलाई राष्ट्रिय किताबखानाले बिदाइ समेत गरिसकेको छ।

टा. ना. सु. मञ्जु रेग्मी पनि एक तह बढुवा लिएर अवकाशमा गएकी छिन्। शाखा अधिकृत भएर टा. ना. सु. रेग्मी अवकाशमा गएकी हुन्।

त्यस्तै नायब सुब्बा जयबहादुर खड्का पनि एक तह बढुवा लिएर अवकाशमा गएका छन्। उनी शाखा अधिकृतको बढुवा खाएर घर गएका हुन्। कानुनले दिएको सुविधा प्रयोग गरेर कर्मचारीहरु घर जान थालेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #रिजुता शाक्य

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ