जसलाई बालेन सरकारको पदमुक्तिको नीतिले छोएन
काठमाडौं। बालेन सरकारले पदमुक्तिको नीतिले एकैपटक धेरैको जागिर गयो। छुटेकाहरूलाई पनि सम्बन्धित कानुन संशोधन गरेर पदमुक्त गरियो। तर, पुरानो सत्ताबाट नियुक्ति खाएका केही पदाधिकारीलाई भने बालेन सरकारको पदमुक्तिको नीतिले नछोएको पाइएको छ।
सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का महाप्रबन्धक/सदस्यसचिव किरणबाबु पुन, राष्ट्रिय समाचार समितिका (आरएसएस)का महाप्रबन्धक सन्दिप राई र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी)लगायत रहेका छन्। राष्ट्रिय समाचार समिति र चलचित्र विकास बोर्ड सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेका छन् भने सांस्कृतिक संस्थान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको छ। सांस्कृतिक संस्थानको महाप्रबन्धक हटाउन पनि सञ्चार मन्त्रालयको भूमिका रहने भएकाले रोकिएको पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन्। उक्त विषयमा सञ्चार मन्त्रालयलाई जानकारी गराइसकिएको पर्यटनका अधिकारीहरूको भनाइ छ।
तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पुनलाई सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको थियो। उनी माओवादी निकट कलाकार भएका कारण सांस्कृतिक संस्थानको महाप्रबन्धक बनेका थिए। बालेन सरकारको पुराना सत्ताबाट नियुक्ति खाएका लाई पदमुक्त गर्ने नीतिले पुनलाई छोएको पाइँदैन।
सन्दिप राईलाई जेनजी आन्दोलन अगाडि केपी शर्मा ओली नेतृत्वको सरकारले राससको महाप्रबन्धकमा नियुक्त गरेको थियो। नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य राई राससको महाप्रबन्धकमा नियुक्ति खान सफल भएका थिए। अहिले पनि उनी पदमुक्त हुनबाट जोगिएका छन्।
ओली सरकार कै पालामा चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष बनेका दिनेश डिसी पनि पदमै बहाल छन्। उनलाई पनि सरकारको पदमुक्तिको नीतिले छुन नसकेको हो।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस