नक्कली डाक्टर पौडेल पक्राउ
काठमाडौं। प्रहरीले नक्कली डाक्ट चेतना पौडेललाई पक्राउ गरेको छ। आफू चिकित्सक भएको भनेर बिरामीलाई भ्रममा राखी उपचार गरेको आरोपमा पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चन्द्रागिरी- ८ स्थित स्पार्क इन्टरनेसनल हेल्थ रिसोर्टमा कार्यरत ४७ वर्षीय पौडेललाई केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले मंगलबार पक्राउ गरेको हो।

आफूलाई न्याचुरोप्याथी चिकित्सक दाबी गर्दै आएकी पौडेलले कहिल्यै नपाएको चिकित्सकको उपाधि (fake or non-existant certificate) प्रयोग गरेको काउन्सिलको छानबिनबाट देखिएको थियो। उनले आधुनिक चिकित्सा निदानमा संलग्न रहेको र बिरामीलाई औषधिसमेत प्रेस्क्रिप्सन गरेको पुष्टि भएपछि काउन्सिलले कारबाहीका लागि प्रहरीलाई पक्राउ गरेको हो।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस